काठमाण्डौ,८ बैशाख । सरकारले बेवास्ता गर्यो १९ दिनदेखि जारि शिक्षक आन्दोलनलाई, शिक्षकहरु रुष्ट,विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् ।
उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।
विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ ।
शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिविद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution