काठमाण्डौ, १४ बैशाख । आतङ्ककारी बारे कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ प्रहरीले दिने भएको छ, दुई जना पाकिस्तानी नागरिक पहिचान । प्रहरीले तीन जनालाई आतङ्ककारी भन्दै उनीहरूबारे कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरेको हो ।
प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी सङ्गठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको बताएको छ ।
जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरिएको छ । अनन्तनाग प्रहरीले बिहीबार तस्बिर जारी गरेको हो ।प्रहरीले तीन जनालाई आतङ्ककारी भन्दै उनीहरूबारे कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरेको छ ।
मङ्गलवार पहलगाम नजिकै बैसरन उपत्यकामा आतङ्कवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसमेत २६ जनाको मृत्यु भएको थिए । २० जनाभन्दा धेरै घाइते भएका थिए ।मर्नेमा अधिकांश घुम्न गएका पर्यटक थिए । पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ धेरै लोकप्रिय छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution