काठमाण्डौ, १९ बैशाख । बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् ।
काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा अरुसँग बिहे गर्न नदिने अडान लिइन् । प्रहरी चौकीमा दुई पक्षबिच छलफल भएको र यस क्रममा बेहुला र उनकी प्रेमिका भनिएकी काजलबिच विवाह गराउन सहमति जुटेको बताइएको छ ।
छलफलका क्रममा काजलले आफूहरू १० वर्षदेखि प्रेममा रहँदै आएको खुलासासमेत गरिन् । छलफलमा सहमति जुटेसँगै काजलले आफ्नै गाउँमा बेहुलालाई लगेर विवाहसमेत गरेकी छन् । बेहुलाले बिहे गर्ने भनिएको युवतीसँग भने बेहुलाकै काकाको छोराको बिहे गराइएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution