काठमाण्डौ, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाण्डुको तीनकुनेमा प्रदर्शन भएको थियो ।
मंगलबार रवीन्द्र मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ । समाचार gorakshapost.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution