काठमाण्डौ, ३१ बैशाख । मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प । साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी दोहोर्याएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन्। नत्र लाखौँ मानिस मारिन अवस्था बनिसकेको उनले बताए। ट्रम्पले भने, मेरो सबैभन्दा ठूलो उद्देश्य शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो।
मलाई युद्ध मन पर्दैन। उनले थपे, ‘केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।’ यसका लागि आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको उनले बताए।
उनले भने, ‘मैले भनेँ-कि सम्झौता गरौँ, व्यापार गरौँ। आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, तर तपाईंले यति सुन्दर ढंगले बनाउने चिजहरूको व्यापार गरौँ।’ उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताका रूपमा प्रशंसा पनि गरे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution