काठमाण्डौ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा फिल्म, संगीत र कलाकारबारे चर्चा गरे । ‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले कला र कलाकारिताका बारेमा आफुले जानेको बुझेको र सुनेका धेरै कुरा सुनाए ।
बोल्ने क्रममा उनले नेपालका लागि अब रेलको कुरा नयाँ नभएको बताए । नेपालको लागि रेल नयाँ कुरा नभएको बताउँदै उनले आफूले गरेको काम किन नदेख्ने भन्दै कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरेका छन् । दार्जिलिङको रेलबारे धेरै गीत लेखिएको तर आफ्नै देशमा भएको जनकपुरको रेलबारे पनि गीत लेख्न कलाकारलाई सुझाए ।
उनले आफ्नो मन्तव्यमा भने–जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,प्रधानमन्त्री ओलीले भने,किन जनकपुरको रेल नदेखेको। अब जनकपुरको रेलबारे पनि गीत लेख्नुहोस्। समारोहमा चलचित्र,संगीत र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो। प्रधानमन्त्री ओलीले बोलिरहँदा दर्शक दीर्घाबाट हाँसोकोे फोहरा छुटेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution