काठमाण्डौ,२४ जेष्ठ । पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन् ।
शनिबार काठमाडौँमा पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन् ।
नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरू आत्तिएको उनको भनाई थियो । अध्यक्ष नेपालले केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे।
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए । पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे । समाचार ratopati.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution