• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    CB Nepal२ महिना अघि

    काठमाण्डौ २४, जेष्ठ । १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो शुक्रबार आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्मानीय मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा विशिष्ट गीतकार निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । माननीय मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि माननीय बद्रीप्रसाद पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि हार्दिक बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद दिएका थिए । ‘कल्चर फर टुरिजम’को नारा लिएर म्यूजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सह्रानीय भएको भन्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गुर्न विशिष्ट कार्य भएको बताएका थिए ।

    कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । अवार्डले कला क्षेत्रको सम्बद्र्धन, प्रबद्र्धनका निम्ति म्यूजिक खबरको निरन्तर यात्रा अगाडि बढिरहेको हुँदा अवार्ड र सम्मानले अझै उर्जा प्रदान गर्ने बताए । समृद्ध कला क्षेत्र बनाउन सम्पूर्ण स्रष्टा कलाकारको योगदान रहेको बताउँदै सम्पूर्ण प्रायोजक, सल्लाहकार, अतिथिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

    अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आचार्यले एक दिन उज्यालो छाउला गीतका लागि सर्वोत्कृष्ट गायकको अवार्ड चुमेका हुन् भने भट्टराईले गुनासो गीतका लागि सर्वोत्कृष्ट गायिका अवार्ड चुमेकी हुन् । त्यस्तै आधुनिक विधातर्फ नरहरि प्रेमीले घर छोडेको मान्छे गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्यले तिमी सँगै छैनौ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए ।

    गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले धर्ती र जूनको कहानी गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । एउट जून गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड चुमे । आदत गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए । रुपेश थापाले तिमीबिना चल्दैन गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार बन्न सफल भए भने लामपाते सुरतीबाट रबिन बिकले सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले विदाई गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए शान थापाले छुनै हुन्न जस्तो गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए ।

    एलिना चौहानले तिमीबिना चल्दैन गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन् । भाग्य लेख्ने भगवान गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे । पागल गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आलेले ढल्केबरैमा गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड चुम्न सफल भइन् । जति टाले पनि गीतबाट सुरज पण्डितले जुरी अवार्ड गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भू पुरीले प्राप्त गरे ।

    पपगायनतर्फ गायक प्रेज्वल नेपालीले कस्तो माया गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे कलियुगकी राधा गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट ¥यापर बन्न सफल भए ।

    लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले खोली तरेको गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका सुनिता बुढा क्षेत्रीले उजेली गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ठूली गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटा बस्यौ अलग्गै गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह आँसुको वर्षात्बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा तिम्रो जवानी गीतबाट सर्वोतकृष्ट संगीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ठूली गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।

    त्यस्तै मौसम हिमालीले कश्मिरे पछ्यौरी गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । बादल घिमिरेले कसम तोड्ने भा गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए । रेश्मा तामाङ जुध्यो नजर गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् । गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो ।

    गायक रायन बस्याल घामको झुल्को गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले कतै म हराएँ कि गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो नवनिर्देशकको अवार्ड चुम्न सफल भए । गायक रामचन्द्र चन्दको पापीनीलाई गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ए गौरी गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

    त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगानाले चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।

    उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिसत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिसत र आयोजकको तर्फबाट १० प्रतिसत गणना गरि गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ । निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देबी घर्ति र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।

    त्यस्तै कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देबकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा सगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो । गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई म्यूजिक खबर संगीत कला सम्मान अर्पण गरियो ।

    कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

    कार्यक्रममा संघीय सांसद रेखा कुमारी यादव, बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, प्रिज्म टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष एवं अवार्डका सल्लाहकार मोहन निरौला, वरिष्ठ अभिनेत्री निर्देशक दीपाश्री निरौला, अवार्डका सल्लाहकारहरु दुर्गा रायमाझी, आरसी कोइराला, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, राम भट्टराई, वरिष्ठ गायक लाक्पा शेर्पा, कृषि विकास बैंकका म्यानेजर सुदिल घिमिरे, इल्मिरा इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका म्यानेजिङ डाइरेक्टर विमान कार्की, डिजिटल बोर्ड व्यवसायी संघका अध्यक्ष मोहन कार्की, आइआइएफटीका म्यानेजिङ डाइरेक्टर तेन्जिङ शेर्पा लगायतको उपस्थिति थियो ।

    अवार्ड कार्यक्रमलाई कृषि विकास बैंक, सूर्य नेपाल प्रालि, आइआइएफटी फेसन स्कुल, मनकामना वेभरेज, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक, चलचित्र विकास बोर्ड, नवोदित कलेज, कामना सेवा विकास बैंक, प्रभु बैंक, सानिमा बैंक, विन्ध्यवासिनी डेरी, सूर्यज्योति लाइफ, सुट माला, महालक्ष्मी पेन्सट्, ओखती साबुन, नेपाल वायुसेवा निगम, पालुङटार रिसोर्ट, वेष्ट वेस्टर्न प्लस, माउन्टेन हेलिकप्टर्स, विकल्प एग्रोफर्म रश्मिलाज फेसियल हाउस लगायतले सहकार्य गरेका थिए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution