


काठमाडौँ,३० जेष्ठ । अहमदाबादको विमान दुर्घटनाबाट एक जना बेलायती नागरिक जीवितै उद्धार भएको पुष्टि भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अहमदाबादका प्रहरी आयुक्त जी.एस. मलिकले टेलिफोनमार्फत जानकारी दिँदै भने, “बोइङ ७८७–८ ड्रीमलाइनर विमानको सिट ११ए मा बसेका एक व्यक्ति जीवित छन्।
उनी हाल अस्पतालमा छन् र उपचार भइरहेको छ। यसअघि अधिकारीहरूले सार्वजनिक गरेको यात्रु सूचीअनुसार सिट ११ए मा बसेका यात्रु विश्वास कुमार रमेश हुन्, जो बेलायती नागरिक हुन्। विभिन्न सञ्चारमाध्यमहरूका अनुसार विश्वास कुमार रमेशसँग कुराकानी भएको छ र उनले आफ्नो नाम र सिट नम्बर उल्लेखित बोर्डिङ पास पनि देखाएका छन्।
विश्वासले भनेका छन्, “उडान भरेको लगभग ३० सेकेन्डपछि ठूलो आवाज आयो र विमान एकाएक दुर्घटनाग्रस्त भयो। सबै कुरा निकै छिटो भयो। यो दुर्घटनामा हालसम्म २०४ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने ४१ जना घाइतेको उपचार भइरहेको छ।
विश्वास कुमार रमेशको जीवित उद्धारलाई एक असाधारण चमत्कारको रूपमा हेरिएको छ। विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ? बीबीसी हिन्दीको सहयोगमा ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution