


काठमाडौं, ८ असार । सामरी इन्टरनेशनल इभेन्टको आयोजनामा ‘DASM सुपरस्टार’ रियालिटी शोको दोश्रो अडिसन काठमाडौंमा सम्पन्न भएको छ । दोश्रो अडिनसँगै अब ट्रेनिङ सुरु हुने बताएको छ। कार्यक्रम सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको अध्यक्षतामा अडिसन सम्पन्न भएको हो ।

उक्त ‘DASM सुपरस्टार’ रियालिटी शोको विजेता अमेरिका जाने पाउने छन् । नृत्य, अभिनय, मोडलिङ र गायन विधामा आधारित उक्त प्रतियोगिताले प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रमको अडिनसन भव्य समापनसँगै आयोजकले घोषणा गरेका छन् कि विजेताले अमेरिका, लस एन्जलस (LA) मा नेपालको प्रतिनिधित्व गर्ने छन्।
‘DASM सुपरस्टार’ रियालिटी शोको अडिसन पछि विभिन्न चरण पास गर्दै ‘Winner will represent in LA – USA’ भन्ने नारासहित सम्पन्न प्रतियोगिताले देशभरका युवाहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। निर्णायकहरू (Judge) भरत समारी, सन्तोष राणा, लिज्ज राई रहेका थिए ।

कार्यक्रमको महाप्रबन्धक (MD) महेन्द्र शाही टिम सदस्यहरू (Team Member) सुष्मिता तिमल्सिना, निशा तामाङ , अनिशा खरेल, विवेक ओझा, अभय महर्जन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा Dress MKM Fashin House Education Partner Manaslu World Collage रहेको थियो भने स्थान साझेदार (Venue Partner) मण्डला क्लाउड किचन रहेको थियो ।
कार्यक्रमको मुख्य आयोजक (Organized) समरी इन्टरनेशनल र मुख्य कार्यकारी अधिकृत (CEO) भरत समरी रहेका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution