


काठमाडौँ, ९ असार । श्रीमान र श्रीमती बीच लामो समयदेखि मनमुटाव भएर बोलचाल नहुँदा श्रीमानले गरे श्रीमतिको हत्या । श्रीमान र श्रीमती बीच लामो समयदेखि मनमुटाव भएर बोलचाल नहुँदा श्रीमानले गरे श्रीमतिको हत्या ।
पर्साको जगरनाथपुर गाउँपालिका–४ मा २१ वर्षीया लालबीबी खातुनको हत्या अभियोगमा उनका श्रीमान २३ वर्षीय सफिराजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार मध्यराति १२:४५ बजे खातुन सुतिरहेको अवस्थामा मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा टोली खटिएको थियो।
घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा खातुनको घाँटी थिचेर हत्या गरिएको भन्दै श्रीमान मियाँलाई नियन्त्रणमा लिएको हो। मियाँलाई आइतबार जिल्ला अदालतमा पेश गरेर पाँच दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको डिएसपी किशोर लम्सालले जानकारी दिए।
डिएसपी लम्सालका अनुसार भारतीय नागरिक लालबीबी खातुन र नेपाली नागरिक सफिराजा मियाँको डेढ वर्षअघि विवाह भएको थियो। लामो समयदेखि उनीहरूबीच मनमुटाव रहँदै आएको र दाम्पत्य सम्बन्ध तनावपूर्ण रहेको बताइएको छ। मियाँ हेटौंडामा बसेर आल्मुनियमका झ्याल–ढोका बनाउने काम गर्थे र बेलाबेला मात्र घर आउँथे।
घटनाको राति मियाँ हेटौंडाबाट फर्किएका थिए। खातुनले खाना पकाए पनि पस्किने काम उनका भाउजुले गरेको जनाइएको छ। मियाँले श्रीमतीले आफूलाई अवहेलना गरेको, राम्रो व्यवहार नगरेको, र बोलचालसमेत नगरेको भन्दै रिसको आवेगमा हत्या गरेको प्रहरीको भनाइ छ।
प्रहरीले शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रीमान र श्रीमती बीच लामो समयदेखि मनमुटाव भएर बोलचाल नहुँदा श्रीमानले गरे श्रीमतिको हत्या ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution