


काठमाण्डौ १० असार । मेलम्ची नगरपालिकाको १८औं नगरसभा अधिवेशन सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय ६२ रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

नगरसभाले नीति तथा कार्यक्रमसहित बजेट, विधेयक र विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ। नगरप्रमुख आइतमान तामाङले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिएको थियो भने उपप्रमुख उमा प्रधानले आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरिएको थियो।
त्यसैगरी, न्यायिक समितिको प्रतिवेदन र लेखा समितिका संयोजक कृष्णमुरारी चौलागाईंले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पनि नगरसभाबाट पारित भएको छ। बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, दिगो विकास तथा सेवा प्रवाह सुदृढीकरणका बहुआयामिक कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ।

नगरसभामा नगर कार्यपालिका सदस्य, १३ वडाका वडाध्यक्षहरू, सदस्यहरू, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
अधिवेशनले मेलम्ची नगरपालिकाको समृद्धि र विकासका लागि नयाँ मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution