


काठमाण्डौ, १२ आसार । विहिबार मेलम्ची नगरपालिका–९, गुफाडाँडामा आयोजित नि:शुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। श्री क्यौले ठाना आधारभूत विद्यालयको आयोजनामा, नव आशा गृह क्लिनिक प्रा.लि टोखाको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा वडा नं. ९ को सहजीकरणमा सम्पन्न उक्त शिविरले स्थानीय बासिन्दालाई स्वास्थ्य लाभ दिलाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष श्री किरणदीप खडका सहभागी हुनु भयो। शिविरमा स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य बासिन्दाहरूका लागि विविध रोगहरूको परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।

उक्त शिविरमा डा. राजु खतिवडा, डा. सजल तवनवासु, डोमा शेर्पा, श्रृजना खड्का, विश्वमणी घोरासैनी र नवराज न्यौपाने लगायतको टोलीले करीब २०० जना भन्दा बढी सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

स्वास्थ्यलाई प्राथमिकता दिने उद्देश्यसहित आयोजना गरिएको यो शिविरले विकट र ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान गरी रोग निधानमा सहयोग पुग्ने शिविरमा संलग्न चिकित्सकहरुले जनाइएको छ । कार्यक्रमलाई भब्य र सफलताका सम्पन्न्न गर्न विद्यालय परिवार, स्वास्थ्यकर्मी, अभिभावक तथा स्थानियवासीहरूको महत्वपूर्ण सहयोग रहेको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution