काठमाडौं, असार १४ — नेपाली गीत संगीतको भावात्मक धरातललाई सशक्त शब्दमार्फत् समृद्ध बनाउँदै आएका चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ ‘साङ्गीतिक साँझ – २०८२’ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा सम्पन्न भएको छ। गीतकार संघ नेपालको आयोजनामा सम्पन्न उक्त साँझले नेपाली गीतसाहित्यप्रति गहिरो निष्ठा र जनस्तरको भावनात्मक संलग्नता दर्साएको छ।
साँझको प्रमुख अतिथि राष्ट्रिय व्यक्तित्व बैरागी काइँला थिए। साथै, मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङ, विभिन्न राजनीतिक दलका सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रतिष्ठित साहित्यकार, वरिष्ठ कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति साँझको गौरवपूर्ण गरिमा थियो।
गीतकार तामाङले आफ्नो कलात्मक यात्रामा रचेका सयौं गीतहरूमध्ये उत्कृष्ट १७ सिर्जनालाई प्रस्तुत गर्दै सांगीतिक साँझलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्ग झैं सैलुङ’, ‘माथि माथि लेकमा’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’ जस्ता गीतहरू शब्द, धुन र प्रस्तुतिको त्रिवेणीमा बाँधिएर स्रोता–दर्शकको मनमा अविस्मरणीय प्रभाव छोड्न सफल भए।
प्रत्यक्ष वाद्यवादनसहित अग्रजदेखि नयाँ पुस्तासम्मका लोकप्रिय गायकहरू किरण प्रधान, शिव परियार, सत्यराज आचार्य, रुपक चौधरी, प्रदीपराज पाण्डे आदिको सशक्त स्वर उपस्थित रहँदा प्रज्ञा प्रतिष्ठानको सभाहल सांगीतिक भावनाले गुञ्जायमान भएको थियो।
साँझको सम्पूर्ण संरचना नै सांगीतिक र सांस्कृतिक चेतनाको शिखर अनुभूत हुने गरी प्रस्तुत गरिएको संगीतले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्द्धनमा समेत यस्ता साँझहरूको महत्व रहने विश्वास आयोजकले व्यक्त गरेका छन्। नेपाली गीतसाहित्यका उचाइलाई आम जनमानससँग सजीव रूपमा जोड्ने प्रयासस्वरूप यस्तो एकल साँझ आयोजना गरेको गीतकार संघ नेपालले जनाएको छ ।
वि.सं. २०५० मा ‘छाल आउँदा सम्झनाको’ बोलको पहिलो गीतमार्फत् सांगीतिक क्षेत्रमा पाइला चालेका टेक तामाङ हालसम्म विविध भावभूमिका गीतसंग्रह माटोको आवाज, स्वदेश, जीवनसाथी, नाता, आमा, भक्तिसागर र नेपाल आमा जस्ता सम्वेदनशील कृतिहरू प्रकाशित गरिसकेका छन्।
उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा छन्। नेपाली संगीत, साहित्य र सेवामार्फत् राष्ट्रप्रति समर्पण भाव राख्दै आएका तामाङ पेशागत रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) समेत हुन्। उनको कलात्मक जीवन र देशसेवाको अनुकरणीय समिश्रणले नेपाली समाजलाई प्रेरणा दिइरहेको छ।
‘सङ्गीतले मन जोड्छ, साहित्यले चेतना दिन्छ’ भन्ने भावनालाई आत्मसात गर्दै टेक तामाङको यो एकल साँझले नेपाली सांगीतिक धरातलमा नयाँ उचाइ थपेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution