काठमाण्डौ १५ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री माननीय शेरबहादुर तामाङज्यू, कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री, समाजसेवी माननीय उषाकला राईज्यू, तथा जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका निवर्तमान प्रमुख एवम गुफाडाँडाको स्तरोन्नतिको लागि विशेष चासो राख्नुहुने आदरणीय ब्याक्तित्व कृष्ण गोपाल तामाङज्यू, समाजसेवी नेतृ निरमाया तामाङ, निर्माण व्यावसायी देवतम दुलाल लगायतसंगको भेटघाटले श्री क्यौलेठाना आधारभूत विद्यालयमा अग्रसर हुँदै गरेको शैक्षिक दृष्टिकोण, भौतिक पूर्वाधार तथा सामुदायिक सहभागिता सम्बन्धी समसामयिक योजनाहरूको सन्दर्भमा विद्यालय परिवारले गम्भीरतापुर्वक भलाकुसारी गर्यो ।
वहाँहरूद्वारा विद्यालयलाई प्रदान गरिएको चियाको बिरुवाले हरियाली संवर्धन र वातावरणीय चेतनाको प्रतीक भएको अनुभती गरायो । असार १५ को अवसर पारेर सो बिरुवाहरू सामूहिकरूपमा रोप्दै गर्दा एक स्मरणीय क्षण पनि सँगाल्यौं ।
उक्त बिरुवा रोपण कार्यक्रममा आत्मीयताले ओतप्रोत संवाद, गहकिला अनुभूतिहरू र संस्थाको लागि प्रेरणादायी अभिव्यक्तिहरूको खुशी आदानप्रदान भए, साथै यस्तो सजीव सहभागिताले सबैलाई अझ सक्षम, सशक्त र समर्पित भावनाका साथ अघि बढ्न थप ऊर्जा प्रदान गर्यो,।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution