


काठमाण्डौ,१७ असार । विद्यार्थीहरुको भविष्य निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ , नगरप्रमुख तामाङ, मेलम्ची नगरपालिका वडा नं. १२ गिरान्चौर स्थित महाकाली माध्यमिक विद्यालयमा बुधबार विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा नगर प्रमुख श्री आइतमान तामाङज्यू द्वारा विद्यार्थीको भविष्य निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुहुँदै असहाय, गरीव र जेहन्दार विद्यार्थीहरुलाई नगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साथै, काठमाडौंमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समेत सिफारिस तथा सहयोग गरिने बताउनु भयो। वडाध्यक्ष श्री गणेश तामाङज्यू, शिक्षा शाखा प्रमुख श्री सुधिनराज बुढाथोकीज्यू, प्रधानाध्यापक श्री विष्णुप्रसाद तिवारीज्यू लगायतका वक्ताहरूले शिक्षा सुधारका विविध आयाममा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

साथै नगर प्रमुख तामाङले एसईई उतिर्ण गर्ने विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिएको यस अन्तरक्रिया कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय समाजसेवी तथा पूर्व विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भयो।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution