काठमाडौँ, १९ असार | योजना आयोग उपाध्यक्ष अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत रहमानबिच भेटवार्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबिच भेटवार्ता भएको छ । सिंहदरबार स्थित आयोगमा भएको भेटमा उहाँहरूबिच द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो ।
भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह गर्नुभयो । उहाँले नेपालका मेडिकल विद्यार्थीहरूले कांकरभिट्टा फूलबारी बङ्गलाबन्धु मार्ग प्रयोग गरीरहेकोहुँदा त्यसका लागि सहज गराउनुपर्नेमा जोड दिनु भयो ।
भेटमा सन् २०२६ मा नेपाल र बङ्गलादेश अति कम विकसितमुलकबाट सँगै स्तरोन्नति हुन लागेको सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरको विषयमा र नेपालको हिमालय क्षेत्र देखी बङ्गलादेशको सामुन्द्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो ।
उहाँहरूबिच नेपाल र बङ्गलादेशबिच व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधारका एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्ने, नेपाल र बङ्गलादेशका पर्यटकीय गन्तव्यबिच सहज आवागमन सहजीकरण, तथा घरेलु उद्योग व्यापार सहजीकरण निर्यात प्रवर्द्धन, गर्ने विषयमा पनि छलफल भयो ।
भेटमा राजदूत रहमानले नेपाल र बङ्गलादेशबिच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गर्नु भयो । उहाँले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको बताउनुहुँदै बङ्गलादेशले नेपालबाट थप परिमाणमा विधुत आयातमा इच्छुक रहेको समेत जानकारी दिनु भयो । भेटमा योजना आयोग र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो |
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution