काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीमाथि अनुशासनात्मक कारबाही गर्नु पर्ने आवाज उठेको छ । बिहीबार बसेको सचिवालय बैठकमा झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति सार्वजनिक रूपमा दिएको टिप्पणीमाथि छलफल भएको थियो ।
बैठकमा पार्टी उपमहासचिव मेटमणि चौधरीले झाँक्रीको अभिव्यक्तिबारे सचिवालयलाई जानकारी गराएका थिए । त्यसपछि उपस्थित नेताहरूले झाँक्रीमाथि कारबाही आवश्यक भएको धारणा राखेका थिए । गत शनिबार पार्टीको एक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपालमाथि गम्भीर प्रश्न उठाउँदै, संकटबाट भागेर होइन, सामना गरेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन् – “पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो, संकट आयो भनेर भाग्ने भनेको होइन ।”
झाँक्रीले काँधमा ‘सिनो’ राखेर जान नसकिने टिप्पणी समेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भनेकी छन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।
उनको उक्त अभिव्यक्तिपछि पार्टीभित्र तरंग उत्पन्न भएको थियो । पार्टीले उनलाई स्पष्टिकरण मागेकोमा, पत्र नपाएको भन्दै झाँक्री बिहीबार पार्टी कार्यालय आलोकनगर पुगेकी थिइन् ।
पार्टीले अर्को सचिवालय बैठक साउन २२ गते बस्ने तय गरेको छ । झाँक्रीको स्पष्टिकरणपछि मात्रै थप निर्णय गरिने नेताहरूले बताएका छन्। समाचार gorakshapost.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution