काठमाडौँ,३१ जेठ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छ । बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन २०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ ‘सङ्घीय शिक्षा ऐन’ लगायतका ऐनलाई संसद्मा प्रस्तुत गर्न र संसद्को शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्ने बाटो प्रशस्त गर्न सरकार र शिक्षामन्त्रीसमक्ष माग गरेका छन् । उनीहरुले उल्लेखित विषयमा सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । कार्यक्रमस्थलबाट प्रहरीले केही विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution