काठमाण्डौ २१ असार । गीतमा लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा (न जिउन सके न मर्नै सकें) मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन संजीव बराइलीको रहेको छ ।
गीतको भिडियोमा कन्सेप्ट, कथा गीतकार स्वयम् प्रतिमा गुरुङको रहेको छ । भिडियोलाई निर्देशन केशब भट्टले गरेका छन, छायांकन उत्सब दाहाल, सम्पादन बिष्णु खड्काको रहेको छ । भियोमा स्मारिका ढकाल, सुरेश कोहली, गायक संगीतकार चिरन्जीवी भण्डारीको दमदार अभिनय देख्न पाइञ्छ ।
प्राय रोमान्टिक गीतमा अभिनय गरिसकेका गायक संगीतकार चिरन्जीवी भण्डारी यसपाली आफैले संगीत गरेको मर्मस्पर्शी गीतमा वियोगान्त संगै बिकराल नकारात्कम पात्रको भूमिकामा देखिएका हुन् । भिडियोमा चोखो माया गरेको व्यक्तीले मायामा बिश्वाशघात पाएपछि हुने नकारात्मक उतार चढाबलाई देखाउन खोजिएको हो, ।
गीतकार प्रतिमा गुरुङ हरेक प्रकारको गीत लेख्न सक्ने खुबी भएकी गीतकार हुन्, उनले आधुनिक, लोकपप, भजन, विधामा गीतिलेखन मार्फत आफ्नो रचना सार्वजनिक गरिरहेकी हुन्छिन उनको रचनामा केहि गीतहरुले राम्रै चर्चा कमाएका थिए ।
अहिले सार्वजनिक भएको गीतको बारेमा भने गीतकार प्रतिमा गुरुङ यसो भन्छिन…यसको पार्ट २ पनि आउँछ, २ अझ शसक्त कथामा आउँछ भन्छिन गीतकार, कथाकार प्रतिमा गुरुङ । गीतको भिडियो भने गायक संगीतकार चिरन्जीवी भण्डारीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त मर्मस्पर्शी गीतको भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution