


काठमाण्डौ, २६ असार । मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम । मेलम्ची नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरभित्रको विद्यालयमा कार्यरत ५२ जना बालविकास सहजकर्ताहरूलाई लक्षित पाँच दिने विशेष कस्टमाइज्ड तालिम सम्पन्न भएको छ।

नगरप्रमुख ज्यू मन्तव्य राख्दै …..
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख श्री आइतमान तामाङज्यूले बालविकास कक्षामा कार्यरत शिक्षक/शिक्षिकाहरूको भूमिका अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण हुने भएकाले यस्ता तालिमहरूबाट शिक्षण कार्यमा नवीन ऊर्जा प्राप्त हुने र बालबालिकाका लागि सुरक्षित, सहानुभूतिपूर्ण तथा प्रेरणादायी वातावरण तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, उपप्रमुख श्री उमा प्रधानाज्युले बालबालिका राष्ट्रका भविष्य भएकाले तिनीहरूको समुचित विकासका लागि प्रारम्भिक चरणमै गुणस्तरीय सिकाइ आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले तालिमले सहजकर्ताहरूलाई अझ सक्षम, जिम्मेवार र परिणाममुखी बन्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुका साथै यस्ता पहलहरूले दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत व्यक्त गर्नुभयो।

राष्ट्रियस्तरका विषय विज्ञ प्रशिक्षकहरूको सहकार्यमा सञ्चालित यस तालिमले सहजकर्ताहरूलाई बालमैत्री शिक्षण पद्धति, व्यवहारिक सीप तथा नवीन दृष्टिकोणका माध्यमबाट थप दक्ष र प्रेरित बनाउन सहयोग पुग्ने विश्वास रहेकोले यो महत्वपूर्ण तालिमको आयोजना गरेको शिक्षा अधिकृत श्री सुदिनराज बुढाथोकीले बताउनु भयो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution