


काठमाण्डौ, २६ असार । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’
माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ। सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन।
रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन्।
जुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution