काठमाण्डौ, ३१ जेठ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भए पनि प्रहरीले रिसिइबी साधेर फसाइको उल्लेख गरे । उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गरे । उनले सरकारले किसानलाई गाई, भैँसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने जिकिर गरे ।
प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकहरुलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराइन् । यादवले काठमाडौँको माइतीघरमा आन्दोलनरत नीरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन माग गरिन् ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले समस्या समाधानका निम्ति पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution