काठमाडौँ ३ साउन , झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले आफूले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् । खरेल नेकपा एमालेका नेता हुन् । उनलाई भने प्रहरीले पक्राउ गरेको छैन ।
प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।
घटनाको प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तर, कारोबारमा संलग्न मुख्य नाइके भनिएका भानुभक्त खरेल भने पक्राउ गर्न नसकेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
‘उनको खोजी भइरहेको छ । अनुसन्धान गर्दै जाँदा उनीबाटै यो परिणामका लागू औषध भित्रिएको देखिन्छ,’ श्रेष्ठले भने, ‘अघि पत्रकार सम्मेलन गर्दासम्म को को संलग्न छन् भनेर भनिएको थिएन । अब लगभग उहाँको संलग्नता देखिएको छ । खुलेको अवस्था छ ।’ खरेल बिर्तामोडका औषधी व्यवसायी हुन् । उनले सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्छन् । उनी एमाले झापाका सक्रिय स्थानीय नेता पनि हुन् ।
प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको थियो । घरको दुईवटा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको थियो । प्रहरीले पक्राउ गरेको घिमिरेलाई मात्र सार्वजनिक गरेको छ । उक्त घर पनि खरेलले नै भाडामा लिएका थिए ।
पक्राउ परेका घिमिरेले भने भरिया मात्रै भएको प्रहरीले जनाएको छ । ‘उनले खरेलले पठाएको ठाउँमा उक्त लागुऔषध पुर्याउने काम गर्थे । पक्राउ पर्नुभन्दा अघि घिमिरेले उक्त लागुऔषध भानुभक्त खरेलको भएको बताएको थिए,’ प्रहरी स्रोतले भन्यो ।
‘यो भानुभक्त खरेलको हो । म यहाँ नयाँ हुँ । कसले ल्याउँछ पनि मलाई थाहा छैन,’ घिमिरेले सञ्चारकर्मी सामु भनेका छन्, ‘अर्डर आउँछ अनि मलाई पुर्याइदिनु भनेपछि म पुर्याउनु भनेको ठाउँसम्म पुर्याउँछु । यो लागुऔषध भनेर मलाई थाहा छैन ।’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution