काठमाडौँ ३ साउन, नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।
यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिकमन्त्री देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार पछिल्लो ६ वर्षयता भौतिकले सबैभन्दा धेरै ७६.४१ प्रतिशत प्रगति गर्न सफल भएको छ ।
यसमध्ये ८ अर्ब ६६ करोड बराबरको काम भने अघिल्ला आवमा सम्पन्न भई भुक्तानीमात्र यस वर्ष भएको हो । यो वर्ष चालु आवमा भने ठूलो भुक्तानी दायित्व नसरेको उनले जानकारी दिए । यो अवधिमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएकोमा ५८.५ किलोमिटर मात्र कालोपत्र भएको छ ।
हुलाकी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर लक्ष्य रहेकोमा ९२.५ किलोमिटर कालोपत्र भइसकेको छ । कर्णाली करिडोरमा २० किलोमिटर ग्राभेल सडक निर्माण लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम भएको छ । कालिगण्डकी करिडोरमा ५० किलोमिटर कालोपत्र सक्ने भनिएकोमा ७१ किलोमिटर कालोपत्र भएको मन्त्रालयको तथ्यांक छ ।
पूर्वपश्चिम नारायणघाट–बुटवल खण्डमा १ सय १३ किलोमिटर कालोपत्र सम्पन्न गर्ने भनिएकोमा ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर २ लेन कालोपत्र भएको छ । अहिले दाउन्ने बाहेक क्षेत्रमा प्रगति राम्रो रहेको मन्त्री दाहालले दाबी गरे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution