काठमाडौँ ३ साउन , नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको छ ।
‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं । प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरू हो । यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो,’ उनले भने । उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए । प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको पनि उनले बताए ।
‘तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं । ०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ,’ उनले अघि भने, ‘पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढिकरण गर्ने काममा हामी लागेका छौं ।’ उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution