काठमाडौँ ४ साउन , पहिरोले दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने उनले बताए । गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ । गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।
सडकको भागमा माटोको लेदो र ढुङ्गा जमेर असर पुगेको छ । साथै सडकको ढलान मुनि समेत भत्किएको छ । त्यसैले चारपांग्रे सवारी साधन हाल चल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बाढीले पु-याएको क्षति
साउन ३ गते राति आएको अविरल वर्षाको कारण कालिञ्चोक खोलामा आएको बाढीले बिगु गाउँपालिका-८ र कालिञ्चोक-२ त्याम्पेथालीमा स्यारवाडाङबाट कारवाडाङ जाने पुल बगाएको छ । कालिञ्चोक खोलामा आएको बाढीले कालिञ्चोक-२ भ्यागाटर र विगु-८ थुमुटारतर्फ गरी ३०/३५ जनाको खेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिए ।
कालिञ्चोक खोलामा आएको बाढीले ह्यूमपाइप बगाइ बाटो अबरोध भएको छ । भने बिगु गाउँपालिका-८ भ्यागुतेटारका ३६ वर्षीय मदन थामीले माछा पोखरी भत्काइदिएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution