काठमाडौँ ४ साउन , बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए ।
यो समूह गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न गएको प्रहरीले बताएको छ । राति २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घर बाहिर निस्केका थिए । त्यसपछि यो समूहले मार्फामाथि खुकुरी प्रहार गरेको एसपी जोशीले बताए । खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले बताएको छ ।
बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीक्यामेरा समेत जडान गरेका थिए । सीसीक्यामेराको तार समेत काटेर उनीहरुले बुद्धचित्तको दाना टिपेको प्रहरीले बताएको छ । उनीहरुबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution