काठमाडौँ ६ साउन , चन्द्र पन्तले निर्देशन गर्ने आगामी फिल्म ‘आ बाट आमा’को शीर्ष भूमिकामा सिम्रन पन्त अनुबन्धित भएकी छन् । टिकटकमा कन्टेन्ट क्रिएटरको रुपमा चिनिएकी पन्तले डेब्यु फिल्म ‘होस्टेल ३’बाट चर्चा बटुलेकी थिइन् । सोमबार निर्मातासँग उनको लिखित सम्झौता भएको छ । फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्ने जनाइएको छ ।
‘आ बाट आमा’ सिम्रनको दोस्रो फिल्म हुनेछ । यसअघि यो फिल्ममा विपना थापा, भारतीय अभिनेता प्रदीप रावत अनुबन्धित छन् । रावत निर्देशक पन्तको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा देखिएका थिए ।
यो फिल्ममा रावतले पलको बुवाको भूमिकामा अभिनय गर्ने बुझिएको छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म भदौबाट छायांकनमा जाने तयारीमा छ । निर्देशक पन्तका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution