काठमाडौँ ६ साउ , प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’को पहिलो झलक सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा रेखा थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ । हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी रेखा दुर्गामाताको रुपमा आकर्षकरुपमा प्रस्तुत छिन् । रोचक कुरा के छ भने, पहिलोपटक रेखाले म्युजिक भिडियोमा अभिनय गरेकी हुन् ।
गायक सपुतले रेखालाई आफ्नो म्युजिक भिडियोमा प्रस्तुत गरेर दर्शकलाई ठूलै सरप्राइज दिएका छन् । ‘यसपाली तीजमा हरामीहरूका विरुद्ध सुपरस्टार रेखा थापा’ लेखिएको छ । ‘नाइँ भनेसी नाइँ’ बोलको गीतमा शब्द संगीत प्रकाशकै छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानको छ । साउन १६ गते गीत रिलिज हुने गलबन्दी प्रोडक्सनले जनाएको छ ।
महिला हिंसा, अन्याय र अत्याचारविरुद्धका कथावस्तुमा हामीले रेखालाई देख्दै आएका छौं । ‘महिलाले नो भन्न सिक्नुपर्छ भन्ने हो । जहाँ नारीको सवाल आउँछ, त्यहाँ रेखा थापा उभिन्छ’ रेखाले भनिन् । समीक्षा र एलिनाविरुद्धका हिंसामा पनि रेखाले आफूलाई उभ्याउँदै आएकी थिइन् । कास्टिङको हिसाबले पनि प्रकाश सपुतले शब्द र संगीतलाई न्याय दिन खोजेको देखिन्छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution