काठमाडौँ ६ साउ , फिल्म ‘माग्ने राजा’लाई लिएर केही गसिप चले । माग्ने बुढाको अप्रमाणित ६१ लाख पारिश्रमकको फन्डा होस् या मिस पबीको दृश्यमा कैंची चलाइएको कुरा । शीर्ष गीत सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलन पनि यी प्रश्नबाट अछुतो रहेन । पत्रकारले माग्ने बुढाको पारिश्रमिकदेखि मिस पबीसम्मबारेका प्रश्न तेर्साए ।
प्रेसमिटमा निर्देशक ऋषि लामिछानेलाई पत्रकारले मिस पबी किन प्रमोसन क्याम्पेनबाट हराइन् भनेर प्रश्न सोधिएको थियो । जवाफमा लामिछानेले मिस पबीलाई फिल्मबाट नहटाइएको बताए । ‘मिस पबीलाई निकालेको होइन । पत्रकारले कहाँ सुन्नुभयो, कहाँ लेख्नुभयो, मले त पढ्या छैन’ उनले भने, ‘अर्को फिल्म किन लाग्छ मायाको सुटिङमा ब्यस्त भएकाले आज आउन सक्नुभएन ।’
फिल्म निर्देशक ऋषि लामिछाने पत्रकार सम्मेलनमा मिस पबीबारेका प्रश्नको जवाफ दिँदै ट्रेलर वा प्रिमियरमा अवश्य पनि मिस पबीलाई बोलाइने उनले बताए । ‘उहाँले आज आएर डबिङ गर्नुभएको छ’ लामिछानेले भने, ‘निकालिएको भन्ने कुरा पत्रकारबाटै सुनेको हुँ ।’
यसअघि केही मिडिया विवरणमा मिस पबीलाई जति दृश्यको लागि साइन् गराइएको थियो, सो अनुसार काम गर्न नसकेको उल्लेख गरिएको थियो । उनले गर्ने भनेको दृश्य काटेर एक महिला पत्रकारलाई अभिनय गराइएको पनि लेखिएको थियो ।
फिल्ममा मिस पबीले पत्रकारको रोल गर्ने र उनका जम्मा २ वटा दृश्य रहेको समेत उक्त विवरणमा उल्लेख थियो । उनको काम गर्ने शैलीबाट निर्माण युनिट सन्तुष्ट नभएको पनि बताइएको थियो ।
केही दिनअघि उनले अभिनय गरिरहेको टिभी शो ‘कमेडी दरबार’मा मिस पबीले यो फिल्ममा आफूलाई लिएर चलेका हल्लाको खण्डन गरेकी थिइन् ।ठ्याक्कै यही शैलीमा निर्देशक लामिछानेले पनि मिस पबीलाई फिल्मबाट ननिकालिएको प्रष्टीकरण दिएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution