• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१२ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १२ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • चीन लैजाने प्रलोभनमा पारेर नेपाली युवतीहरूसँग विवाह गर्ने चिनियाँको संख्या बढ्दो

    CB Nepal१ महिना अघि

    काठमाडौँ ७ साउन , एक दिन सविना (नाम परिवर्तन)लाई तिलकुमारी विकले चिनियाँसँग विवाह गर्न प्रस्ताव लिएर आइन् । सुरुमा सविना अचम्मित भइन् र हत्तपत्त ‘हुँदैन’ भनिन् ।

    सविनाले काम गर्ने पसलमा महिना दिनसम्म तिलकुमारी धाइरहिन् । केटा राम्रो भएको र पोखरामै घर बनाएर बस्ने भनेपछि सविना विवाहका लागि राजी भइन् । तिलकुमारीले आफूलाई ‘तैंले दुःख पाइस्, चाइनाको राम्रो केटा छ । यहीँ बस्छ, हामी जिम्मा लिन्छौँ’ भनेको सविनाले सुनाइन् । उनले भनिन्, ‘राम्रो हुने भए विवाह गर्छु भनेँ । विवाह गरेँ ।’

    जेठ ११ गते उनको विवाह चिनियाँ केटासँग बुद्धचोकको एक पार्टी प्यालेसबाट भयो । एक महिनासम्म सँगै बसेपछि सविनाले थाहा पाइन्, त्यो विवाह ‘फेक’ थियो । उनले भनिन्, ‘यही पार्टी प्यालेसमा एकै महिना ८–९ जना नेपाली युवतीको विवाह चिनियाँ नागरिकसँग गराइएको छ ।’

    गत असोज १४ गते साँझ पोखरा राष्ट्र बैंक चोककी शान्ति नेपालीले रविना (नाम परिवर्तन)लाई चिनियाँसँग विवाह गर्ने भनेर लेकसाइडको एउटा चिनियाँ रेष्टुरेण्टमा लगिन् । रविना पुग्दा रेष्टुरेण्टमा दुलहीको पोसाक राखिएको थियो । शान्तिले रविनालाई उक्त पोसाक लगाउन भनिन् । पोसाक लगाएपछि ३३ वर्षीय चिनियाँ नागरिक लि मिङ मिङले उनको सिउँदोमा सिन्दुर हालिदिए ।

    केही समय उनीहरू जरेबरको एक होटलमा सँगै बसे । मिङले रविनाको इच्छा विपरीत पटकपटक जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी पर्‍यो । ‘मलाई विनाकारण घाँटीमा अठ्याउने र कुटपिट गर्न थाले । तँसँग विवाह गर्न ६ लाख बुझाएको छु । त्यो पैसा फिर्ता गराइदे, अनि तँ निस्किएर जा भनेर यातना दिन थाले,’ रविनाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    माथिल्ला घटना प्रतिनिधिमूलक हुन् । अचेल चीन लैजाने प्रलोभनमा पारेर नेपाली युवतीहरूसँग विवाह गर्ने चिनियाँको संख्या बढ्दो छ । पीडितहरूका अनुसार पोखरामा यसरी विवाह गर्ने र गराइदिने गिरोह नै सक्रिय छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै चिनियाँ नागरिक संलग्न भएका चार वटा मुद्दा कास्की प्रहरीमा दर्ता भएका छन् । यी घटनामा संलग्न ५ जना चिनियाँ नागरिक पक्राउ परिसकेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

    ‘दर्ता भएका मुद्दामध्ये दुई वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा जबर्जस्ती करणीका छन्,’ उनले भने । विवाह गरेर चीन लैजाने, घर किनिदिने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर नजिकिने, पछि उनीहरूको इच्छाविपरीत यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चिनियाँहरू पोखरामा आएर आर्थिक अवस्था कमजोर भएका महिला खोजेर प्रलोभनमा पार्ने गरेको ओलियाले बताए ।

    ‘उनीहरूले बिचौलियामार्फत आर्थिक अवस्था कमजोर भएका युवतीहरू पहिचान गर्ने र चीन लैजाने प्रलोभनमा विवाह गर्ने गरेको देखिन्छ । पछि चीन लैजानुको सट्टा उनीहरूलाई यौन शोषण गर्ने र अलपत्र पार्ने प्रवृत्ति देखिएको छ,’ ओलियाले भने, ‘दुई वटा केसमा त अन्डर एजका बालिका छन् । हामीले यी घटनालाई गम्भीर रूपले अनुसन्धान गरेका छौँ ।’

    पक्राउ परेका पाँचै जना पुर्पक्षका लागि कारागार चलान भएका ओलियाले जानकारी दिए । चिनियाँसँग विवाह गर्ने दर बढेपछि प्रहरीले नै सचेतनामूलक कार्यक्रम सुरु गरेको उनले बताए । अधिकांश घटना अझै प्रहरीसम्म पुगेको छैन । केही नेपाली महिला विवाह पश्चात चीन पनि गएका छन्, तर उनीहरूको अवस्थाबारे परिवार र प्रहरीसमेत अनभिज्ञ छ । ‘कतिपय त हामीकहाँ नआएको पनि हुन सक्छ । ठ्याक्कै यताबाट चाइना लगेर राम्रो गरेको वा नगरेको विषयमा चाहिँ सोधखोज गर्न बाँकी नै छ,’ ओलियाले भने ।

    अधिवक्ता भगवती पहारी पछिल्ला समय चिनियाँ नागरिक र नेपाली महिलाबिच ‘कोर्ट म्यारिज’ समेत बढ्न थालेको बताउँछिन् । ‘केही कोर्ट म्यारिज गरेका पनि छन् । आजभोलिचाहिँ यस्तो विवाहमा डकुमेण्टहरू कडा हिसाबले हेर्न थालिएको छ,’ उनले भनिन्, ‘कतिपय विवाह त विनाकागजात भएका छन् । डरलाग्दो अवस्था बनिरहेको छ ।’

    तुरुन्तै सचेतनामूलक काम नगरे पोखरामा भयावह अवस्था आउने पहारीले बताइन् । ‘सिन्धुपाल्चोकको मानव बेचविखनजस्तो घटना यता पनि हुन थालेको देखिन्छ । भित्रभित्रै दलालहरू छन । विपन्न परिवारका किशोरीहरू फकाउँदा मान्छन् पनि,’ उनले भनिन्, ‘विवाहको रूपमा मानव बेचविखनका घटना बढ्दो छ । झट्टै नसोच्ने हो भने अवस्था डरलाग्दो र भयावह हुन सक्छ ।’ पोखरामा चिनियाँको उपस्थिति बाक्लिँदो छ । कतिपय पोखरामै व्यापार गरेर बसेका छन् भने कतिपय पर्यटकका रूपमा यहाँ आउँछन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १२ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution