• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२१ घण्टा अघि
२

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२१ घण्टा अघि
३

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

४ दिन अघि
४

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

४ दिन अघि
५

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

५ दिन अघि
६

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

५ दिन अघि
७

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

५ दिन अघि
८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

५ दिन अघि
९

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

६ दिन अघि
१०

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

६ दिन अघि
११

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि
१२

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २१ घण्टा अघि
  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २१ घण्टा अघि
  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ४ दिन अघि
  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ४ दिन अघि
  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ५ दिन अघि
  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ५ दिन अघि
  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ५ दिन अघि
  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ५ दिन अघि
  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ६ दिन अघि
  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ६ दिन अघि
  • चीन लैजाने प्रलोभनमा पारेर नेपाली युवतीहरूसँग विवाह गर्ने चिनियाँको संख्या बढ्दो

    CB Nepal५ महिना अघि

    काठमाडौँ ७ साउन , एक दिन सविना (नाम परिवर्तन)लाई तिलकुमारी विकले चिनियाँसँग विवाह गर्न प्रस्ताव लिएर आइन् । सुरुमा सविना अचम्मित भइन् र हत्तपत्त ‘हुँदैन’ भनिन् ।

    सविनाले काम गर्ने पसलमा महिना दिनसम्म तिलकुमारी धाइरहिन् । केटा राम्रो भएको र पोखरामै घर बनाएर बस्ने भनेपछि सविना विवाहका लागि राजी भइन् । तिलकुमारीले आफूलाई ‘तैंले दुःख पाइस्, चाइनाको राम्रो केटा छ । यहीँ बस्छ, हामी जिम्मा लिन्छौँ’ भनेको सविनाले सुनाइन् । उनले भनिन्, ‘राम्रो हुने भए विवाह गर्छु भनेँ । विवाह गरेँ ।’

    जेठ ११ गते उनको विवाह चिनियाँ केटासँग बुद्धचोकको एक पार्टी प्यालेसबाट भयो । एक महिनासम्म सँगै बसेपछि सविनाले थाहा पाइन्, त्यो विवाह ‘फेक’ थियो । उनले भनिन्, ‘यही पार्टी प्यालेसमा एकै महिना ८–९ जना नेपाली युवतीको विवाह चिनियाँ नागरिकसँग गराइएको छ ।’

    गत असोज १४ गते साँझ पोखरा राष्ट्र बैंक चोककी शान्ति नेपालीले रविना (नाम परिवर्तन)लाई चिनियाँसँग विवाह गर्ने भनेर लेकसाइडको एउटा चिनियाँ रेष्टुरेण्टमा लगिन् । रविना पुग्दा रेष्टुरेण्टमा दुलहीको पोसाक राखिएको थियो । शान्तिले रविनालाई उक्त पोसाक लगाउन भनिन् । पोसाक लगाएपछि ३३ वर्षीय चिनियाँ नागरिक लि मिङ मिङले उनको सिउँदोमा सिन्दुर हालिदिए ।

    केही समय उनीहरू जरेबरको एक होटलमा सँगै बसे । मिङले रविनाको इच्छा विपरीत पटकपटक जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी पर्‍यो । ‘मलाई विनाकारण घाँटीमा अठ्याउने र कुटपिट गर्न थाले । तँसँग विवाह गर्न ६ लाख बुझाएको छु । त्यो पैसा फिर्ता गराइदे, अनि तँ निस्किएर जा भनेर यातना दिन थाले,’ रविनाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    माथिल्ला घटना प्रतिनिधिमूलक हुन् । अचेल चीन लैजाने प्रलोभनमा पारेर नेपाली युवतीहरूसँग विवाह गर्ने चिनियाँको संख्या बढ्दो छ । पीडितहरूका अनुसार पोखरामा यसरी विवाह गर्ने र गराइदिने गिरोह नै सक्रिय छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै चिनियाँ नागरिक संलग्न भएका चार वटा मुद्दा कास्की प्रहरीमा दर्ता भएका छन् । यी घटनामा संलग्न ५ जना चिनियाँ नागरिक पक्राउ परिसकेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

    ‘दर्ता भएका मुद्दामध्ये दुई वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा जबर्जस्ती करणीका छन्,’ उनले भने । विवाह गरेर चीन लैजाने, घर किनिदिने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर नजिकिने, पछि उनीहरूको इच्छाविपरीत यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चिनियाँहरू पोखरामा आएर आर्थिक अवस्था कमजोर भएका महिला खोजेर प्रलोभनमा पार्ने गरेको ओलियाले बताए ।

    ‘उनीहरूले बिचौलियामार्फत आर्थिक अवस्था कमजोर भएका युवतीहरू पहिचान गर्ने र चीन लैजाने प्रलोभनमा विवाह गर्ने गरेको देखिन्छ । पछि चीन लैजानुको सट्टा उनीहरूलाई यौन शोषण गर्ने र अलपत्र पार्ने प्रवृत्ति देखिएको छ,’ ओलियाले भने, ‘दुई वटा केसमा त अन्डर एजका बालिका छन् । हामीले यी घटनालाई गम्भीर रूपले अनुसन्धान गरेका छौँ ।’

    पक्राउ परेका पाँचै जना पुर्पक्षका लागि कारागार चलान भएका ओलियाले जानकारी दिए । चिनियाँसँग विवाह गर्ने दर बढेपछि प्रहरीले नै सचेतनामूलक कार्यक्रम सुरु गरेको उनले बताए । अधिकांश घटना अझै प्रहरीसम्म पुगेको छैन । केही नेपाली महिला विवाह पश्चात चीन पनि गएका छन्, तर उनीहरूको अवस्थाबारे परिवार र प्रहरीसमेत अनभिज्ञ छ । ‘कतिपय त हामीकहाँ नआएको पनि हुन सक्छ । ठ्याक्कै यताबाट चाइना लगेर राम्रो गरेको वा नगरेको विषयमा चाहिँ सोधखोज गर्न बाँकी नै छ,’ ओलियाले भने ।

    अधिवक्ता भगवती पहारी पछिल्ला समय चिनियाँ नागरिक र नेपाली महिलाबिच ‘कोर्ट म्यारिज’ समेत बढ्न थालेको बताउँछिन् । ‘केही कोर्ट म्यारिज गरेका पनि छन् । आजभोलिचाहिँ यस्तो विवाहमा डकुमेण्टहरू कडा हिसाबले हेर्न थालिएको छ,’ उनले भनिन्, ‘कतिपय विवाह त विनाकागजात भएका छन् । डरलाग्दो अवस्था बनिरहेको छ ।’

    तुरुन्तै सचेतनामूलक काम नगरे पोखरामा भयावह अवस्था आउने पहारीले बताइन् । ‘सिन्धुपाल्चोकको मानव बेचविखनजस्तो घटना यता पनि हुन थालेको देखिन्छ । भित्रभित्रै दलालहरू छन । विपन्न परिवारका किशोरीहरू फकाउँदा मान्छन् पनि,’ उनले भनिन्, ‘विवाहको रूपमा मानव बेचविखनका घटना बढ्दो छ । झट्टै नसोच्ने हो भने अवस्था डरलाग्दो र भयावह हुन सक्छ ।’ पोखरामा चिनियाँको उपस्थिति बाक्लिँदो छ । कतिपय पोखरामै व्यापार गरेर बसेका छन् भने कतिपय पर्यटकका रूपमा यहाँ आउँछन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २१ घण्टा अघि

  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २१ घण्टा अघि

  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ४ दिन अघि

  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ४ दिन अघि

  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ५ दिन अघि

  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ५ दिन अघि

  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ५ दिन अघि

  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ५ दिन अघि

  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ६ दिन अघि

  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ६ दिन अघि

  • अन्य सबै
    ६ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution