


काठमाडौँ ८ साउन | टुकी संघ सुनकोशीको आयोजनामा “अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा विहिबार मेलम्चीमा सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको पहुँच अधिकार, नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोडदिनु भयो ।

साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गर्नु भयो। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू र अपाङ्गता अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सेवा प्रदायकहरूलाई अपाङ्गता सम्बन्धी कानुनी, नीतिगत व्यवस्था र व्यवहारिक कार्यान्वयनका पक्षमा जागरूक बनाउनु रहेको आयोजकले जनाएका छन्।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
www.youtube.com








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution