काठमाडौं, साउन १७ – नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारप्रति तीव्र व्यंग्य गर्दै गम्भीर प्रश्न उठाएका छन्— “सरकार गरिब हो, नागरिक छैनन्?” उनले सत्ता सञ्चालन गर्नेहरूले जनताको पीडा र जीवनभन्दा विशेष वर्गको सेवा र सन्तुष्टि मात्रै देख्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मिनबहादुर गुरुङजस्ता धनाढ्य वर्गलाई मात्र यिनीहरू जनता ठान्छन्। भूइँमान्छेसँग संगत गर्नुपर्ने कुनै आवश्यकतै देख्दैनन्।”
उनको आरोप अनुसार, सत्ता र सुविधा प्राप्त गर्ने नेताहरूका सन्तान छुट्टै विद्यालयमा पढ्छन्, उनीहरूका लागि छुट्टै अस्पताल, औषधि, ब्राण्ड, यहाँसम्म कि मरेपछि जलाउने घाटसम्म पनि छुट्टै छन्। “यी नेताहरू त सरकारले पालिरहेका हुन्छन्, तर जनताले मूल्य तिरेका हुन्छन्,” पोखरेलको टिप्पणीमा उल्लेख छ।
जनताको प्रतिनिधि कि विशेष वर्गका हितकर्ता?
पोखरेलको भनाइले नेपाली राजनीतिको चरम वर्गीय विभाजनतर्फ संकेत गरेको छ। सामान्य नागरिकको जीवनमा अभाव, अस्पतालको बेड नपाउने पीडा, शिक्षा र स्वास्थ्य पहुँचको संकटको चर्चा भइरहेका बेला ‘सरकार जनताको नभई विशेष गुटको सेवा केन्द्र बन्न थालेको’ भन्ने आरोप थप बलियो भएको देखिन्छ।
सामाजिक सञ्जालमा पनि पोखरेलको भनाइको समर्थन गर्दै धेरैले लेखेका छन्– “हो त, हामी त धनी नागरिक हौं, किनकि हामीले कर तिरेर सबै सुविधा यिनीहरूलाई दिएको छौं।”
सत्तामा रहनेहरूका लागि सन्देश?
पोखरेलको आलोचना केवल एक नेता वा सरकारमात्र होइन, समग्र सत्ता प्रणाली र नीतिनिर्माताहरूप्रति गम्भीर प्रश्न हो— के आजको सरकार साँच्चिकै जनताको हो? कि केवल सुविधा सम्पन्नहरूको?
नेता पोखरेलको यो टिप्पणीले सत्ता सञ्चालकहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाउला कि, त्यो भने अबको समयले देखाउनेछ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution