काठमाडौं, साउन २३ –
लागुऔषध तस्करीको नयाँ तरिका अपनाउँदै एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन्। २१ वर्षीया एमिली मिकाइल सान्तोष फेरेइराले ब्राजिलबाट करिब दुई किलो (१.९५ केजी) कोकिन तरल रूपमै ल्याएर ब्रा भित्र लुकाएर नेपाल भित्र्याएकी थिइन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनले १० वटा कन्डममा कोकिन राखेर ब्राजिलबाट नेपाल ल्याइन्। बुधबार राति साढे ९ बजे काठमाडौं उत्रिएकी फेरेइरा डेढ बजे भुटान जाने तयारीमा थिइन्। वाक थ्रु गेटबाट पुनः जाँच गर्दा उनको शरीरमा शंकास्पद वस्तु देखिएपछि खानतलासी गर्दा उक्त कोकिन बरामद भएको ब्यूरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
लैब परीक्षणमा उक्त तरल पदार्थ शुद्ध कोकिन भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा फेरेइरा तस्करको ‘भरिया’ मात्र भएको आशंका प्रहरीले गरेको छ। अघिल्ला घटनामा विमानस्थलमार्गे कोकिन तस्करी भएको भए पनि यस पटक संवेदनशील अंगमा लुकाएर ल्याउने नयाँ तरिका अपनाइएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय लागुऔषध सञ्जाल सक्रिय रहेको देखिन्छ, जसमा फेरेइराको घटना पछिल्लो उदाहरण हो।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution