रुपन्देही — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले फेरि थुनामै राख्ने आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीमार्फत छुट्ने प्रस्ताव ‘माग बमोजिम नहुने’ भन्दै अस्वीकार गरेको हो।
लामिछानेले गत साउन १९ गते शुभचिन्तक र शुभेच्छुकबाट उक्त रकम प्राप्त भएको दाबी गर्दै थुनामुक्त हुन निवेदन दिएका थिए। तर अदालतले, यसअघि उच्च र सर्वोच्चले कायम राखेको थुनाको आदेश परिवर्तन गर्न अस्वीकार गर्दै, उनलाई जेलमै राख्ने फैसला सुनाएको हो।
यो मुद्दामा लामिछानेले आफू माथि लागेको अभियोग झुटो भएको र निवेदन अपराधको स्वीकारोक्ति नभएको स्पष्ट पारेका छन्। तर, सुप्रिम बचत तथा ऋण सहकारीको करोडौँको अपचलन प्रकरणमा उनीमाथिको कानुनी घेरो झन् कडा बन्दै गएको छ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution