काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुशासनलाई महाअभियानको रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त्य गर्दै जनतालाई सहज र पारदर्शी सेवा प्रवाह गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे।
मुख्यसचिव, प्रधानसेनापति, सबै सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा प्रधानमन्त्री ओलीले नागरिकको सेवा प्राप्ति अधिकार सुनिश्चित गर्न राज्यका सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए। भ्रष्ट आचरणमा संलग्न व्यक्ति पदमा रहे पनि जनताको सम्मान नपाउने चेतावनी दिंदै उनले छानबिन र अनुगमनमा कुनै मोलाहिजा नगर्न निर्देशन दिए।
“मेरो नाम भजाएर कसैले गलत काम गर्न खोजे भने त्यस्ता व्यक्तिलाई तत्काल झपारेर पठाउनुस्,” उनले दृढ स्वरमा भने, “मेरो कमजोरी देखिए पनि खुलस्त भन्नुस्। अरुलाई मात्र होइन, आफूलाई पनि अनुशासनमा राख्नुपर्छ, सुशासनका लागि सबैले सहयोग गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘नो वान लेफ्ट बिहाइन्ड’ दृष्टिकोणलाई उद्धृत गर्दै कुनै पनि नागरिक विकास र सम्मानित जीवनबाट वञ्चित नहोस् भन्ने प्रतिबद्धता व्यक्त गरे। उनले असन्तुष्टि भड्काएर अराजकता मच्चाउने प्रयासबाट सचेत रहन र पथभ्रष्ट हुनेलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution