

४ भदौ, काभ्रेपलाञ्चोक | भुम्लु गाउँपालिका–७ र ८ का नागरिकले पाँच दशक लामो प्रतीक्षापछि मंगलबार आफ्नो जग्गाको कानुनी प्रमाण–लालपुर्जा पाए।
वि.सं. २०३२ सालमा पिपलटार गाविस फुटेर भुम्लुटार र फलाँटे बनेपछि उत्पन्न विवादका कारण नापी रोकिनु हुँदै स्थानीय लालपुर्जाविहीन बनेका थिए।
मंगलबार पहिलो चरणमा ३७८ लालपुर्जा वितरण गरिएको छ। ८४ वर्षीया योगमाया खरेलदेखि ७८ वर्षीय तोराणबहादुर क्षेत्री जस्ता वृद्धवृद्धाले जीवनको उत्तरार्धमा लालपुर्जा पाउँदा आँखा रसाएर खुसी व्यक्त गरे।
भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरणलाई “नागरिकको अधिकार, आत्मविश्वास र भविष्य सुरक्षित गर्ने ऐतिहासिक कदम” भने।
अब भुम्लुवासीको जीवनमा सुकुम्बासी जस्तो अवस्था अन्त्य भई कानूनी पहिचानको नयाँ अध्याय सुरु भएको छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution