आफ्नो आजको दिन कस्तो रहनेछ ? कुन रंग र अंक शुभ छ ? राशिफल हेरेर दिन शुभ बनाऔं
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीलाई पन्छ्याउँदै नयाँ कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। जागिर वा व्यापारमा प्रभाव बढ्नेछ। आत्मबल उच्च रहनेछ। नयाँ व्यापार प्रारम्भ गर्न अनुकूल समय।
शुभ रंग : केशरी | शुभ अंक : ३
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा विवादास्पद समस्या आउन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। अध्यात्ममा रुचि बढ्नेछ। विरोधीहरू सक्रिय रहने भएकाले सावधानी अपनाउनु आवश्यक।
शुभ रंग : पहेंलो | शुभ अंक : २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा ढिलासुस्तीले असर पार्न सक्छ। सतर्क भएर अघि बढ्नुहोस्। मधुर व्यवहारले रोकिएका काम बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ।
शुभ रंग : रातो | शुभ अंक : १
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथीको सहयोग पाउने दिन। नयाँ कार्यशैलीबाट लाभ हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। अज्ञात भयले मनमा तनाव ल्याउन सक्छ।
शुभ रंग : रातो | शुभ अंक : ४
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सञ्चित धनमा वृद्धि। कार्यक्षेत्रलाई लिएर यात्रा सम्भावना। शेयर मार्केट वा लगानी गर्दा अनुभवीको सल्लाह लिनुहोस।
शुभ रंग : निलो | शुभ अंक : ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यापारमा धोका सम्भावना। राजनीतिक क्षेत्रमा शत्रु सक्रिय हुन सक्छन्। सामाजिक सञ्जालमा बोलेर विवाद नआओस् भन्नका लागि बुद्धि प्रयोग गर्नुहोस्। विदेशतर्फबाट शुभ सूचना आउन सक्छ।
शुभ रंग : खैरो | शुभ अंक : २
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसाय वा जागिरमा सफलता मिल्नेछ। आफन्तसँग स्वादिष्ट भोजनको आनन्द। नयाँ अवसर प्राप्त हुने समय। पहिरनमा निखार आउनेछ।
शुभ रंग : हरियो | शुभ अंक : ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक स्थितिमा सुधार। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान। यात्रा सुखद रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ।
शुभ रंग : केशरी | शुभ अंक : ७
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ व्यावसायिक निर्णय लाभकारी। पहिला लिएको ऋणबाट राहत। आयअनुसार खर्च गर्नुहोस्। पुराना साथीहरूसँग भेट सम्भावना।
शुभ रंग : सेतो | शुभ अंक : ८
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमै काम पूरा हुनेछ। व्यापारमा लाभ। अनावश्यक सल्लाह दिनबाट टाढा रहनुहोस्। साथीहरूको सहयोगमा काम बन्नेछ।
शुभ रंग : कलेजी | शुभ अंक : २
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पहिले गरेका कामबाट राम्रो परिणाम। घर–परिवार र छरछिमेकीसँग रमाइलो। व्यापारमा थप लगानीको समय। मान–सम्मान वृद्धि।
शुभ रंग : निलो | शुभ अंक : ५
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक कारोबारमा अनुभवीको सहयोग। आत्मविश्वासमा वृद्धि। जागिर वा व्यवसायमा सहकर्मीको समर्थन। दाजुभाइबीच आत्मीयता बढ्नेछ।
शुभ रंग : निलो | शुभ अंक : ३
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution