


काठमाण्डौ २८ भाद्र । राष्ट्रिय संरचना, व्यावसायिक निजी संरचना, ध्वस्त गर्ने तत्त्वहरूलाई छानबिन गरी कारबाही गर्नुपर्छ: नारायणकाजी श्रेष्ठ,नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन् ।
विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक,।
निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारीहरूमाथि कारबाही गरी सुशासन कायम गर्न र २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि उनले माग गरेका छन् ।
राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् । राष्ट्रिय संरचना, व्यावसायिक निजी संरचना, ध्वस्त गर्ने तत्त्वहरूलाई छानबिन गरी कारबाही गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution