


काठमाण्डौ, १० आसोज । एमालेका केही नेता र पार्टी निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीका सदस्यहरूसँगको भेटवार्तामा ओलीले जिम्मेवार दलहरूमाथि प्रहार केन्द्रित हुनु दुर्भाग्य भएको बताए । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता हुनुपर्छ भन्ने तर आफूभन्दा फरक बोल्यो भने त्यसलाई झोले ट्रेन्ड मात्र होइन त्यसको घरमा आगो लगाउनुपर्छ भन्ने ?
त्यसलाई काटीकाटी किच्याई किच्याई मार्नुपर्छ भन्ने कसले ल्याउदै छ यो सभ्यता ? ओलीले प्रश्न गरे । उनले यसबारे खोजी गर्न जरुरी रहेको पनि बताए । ‘नयाँ पुस्ता सजग हुनुपर्छ । यो देश पुस्ताको हो’, ओलीले भने, ‘म माथि प्रहारको निशाना केन्द्रित गरियो ।
मेरो अपराध के ?मैले भ्रष्टाचार गरिनँ, गर्दिन गरेको छैन, यही मेरो अपराध हो ? विकासको नेतृत्व गर्नु अपराध हो ? उनले आफूले पृथकतावादको वकालत गरेकाहरूलाई मूल धारमा ल्याएको भन्दै आफूमाथि जेनजीले प्रहार नगरेको पनि बताए ।
उनले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टि चर्को जनाए ।‘अहिले सुन्छु, मानिसहरूसँग प्रतिशोध साँध्ने कुरा भइरहेको छ । अराजनीतिक, प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु । यो कहाँ पुगेर रोकिने ? शान्ति हुनुपर्दैन ?’, ओलीको भनाइ छ ।
उनले युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइएको भन्दै जेनजी पुस्ताको जायजै माग भ्रष्टाचार अन्त्य, शान्ति सुव्यवस्था, सुशासन भए पनि त्यहाँभित्र अरू तत्त्व हतियार बोकेर आएको दाबी गरे । ‘सुत्ली बम बोकेर जेनजी आएका थिएनन् ।
तर,विद्यार्थी भाइबहिनी मर्ने–मार्ने स्थिति भयो’, ओलीले दुख व्यक्त गर्दै भने । भदौ २३ गतेको प्रदर्शनमा गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि निर्मम प्रहार गर्नेहरु जेनजी नभएको समेत बताए ।समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution