


काठमाण्डौ, १७ असोज । म माथि आरोप लगाए, आरोपप्रति जवाफदेही हुनेछु, अध्यक्ष ओली,ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पारेका छन् । उनले भने– ‘ सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ ।
टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु । उनले अगाडि भने– ‘म यो घटनापछि अत्यन्त दुःखी छु र यो कसरी भयो’ भनी छानबिन गर्न पनि भनेको थिए ।

अध्यक्ष ओलीले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको बताए । तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत उनले बताए । अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे । उनले भने– ‘ममाथि आरोप लगाए भन्ने कुरा आयो, म ती आरोपप्रति जवाफदेही हुनेछु, तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक छ ।

उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । उनले भने– ‘प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरी दिनुपर्छ, ताकि समाजमा थिति बसोस् । म माथि आरोप लगाए, आरोपप्रति जवाफदेही हुनेछु : अध्यक्ष ओली ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution