


काठमाडौं, २२ असोज । क–कसलाई गिरफ्तारी गर्ने हो ? गृहमन्त्रीज्यू म चुनौति दिन चाहन्छु, भन्दै गर्जिए:नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले आफूहरु गिरफ्तारी दिनका लागि तयार रहेको बताएका छन् । आज (बुधकार) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले पहिलो नम्बरमा केपी ओली र तेस्रोमा आफूलाई गिरफ्तारीको निशाना बनाइरहेको बताएका हुन् ।
उनले आफूहरु गिरफ्तारी दिनका लागि तयार रहेको भन्दै त्यसपछिको परिस्थितिको सामना गर्न तयार भएर बस्न गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी दिए । हामीलाई क–कसलाई गिरफ्तारी गर्ने हो ? गृहमन्त्रीज्यू र गृह मन्त्रालयलाई म चुनौति दिन चाहन्छु– हामी गिरफ्तारी दिन तयार छौं ।
त्यो गिरफ्तारी पछाडि हुने परिस्थितिको सामना गर्नको निमित्त तपाईँहरु तयारी हुनुस्, उनले भने । साथै, फरक प्रसंगमा उनले जेन–जी आन्दोलनका क्रममा एमाले नेताहरुको घर जलाउनमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै कार्यकर्ताहरु आएको आरोप लगाए ।
उनले एक–एक को रेकर्ड आफूहरुसँग रहेको पनि बताए । हाम्रा घर जलाउनका निमित्त प्रचण्डका धेरै कार्यकर्ताहरु आएका छन् । त्यही भएर माओवादीका धेरै नेताहरुले गरेका फोनहरु मैले रिसिभ गरेको छैन । हाम्रा घर जलाउनका लागि रास्वपाका धेरै कार्यकर्ताहरु आएका छन् ।
यी सबैका एक–एक गरी हिसाब हामीले राखेका छौं । अहिले हतार–हतार टिकटक र रिलहरु मेटेका छन् ती साथीहरु । तर, सबै रेकर्ड हामीले सुरक्षित राखेका छौं,’– उनले भने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution