काठमाडौं, १२ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको भन्ने समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।
सोमबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृहले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’शीर्षकमा समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हाे । सहसचिव केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उक्त समाचार झुटो र भ्रटाचारविरुद्धको अभियानलाई दिग्भ्रमित पार्न लागेका समूहलाई फाइदा पुर्याउने गरि प्रकाशन गरिएको भन्दै संस्थालाई सचेत रहन आग्रह पनि गरिएकाे छ।
‘भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाव रहित बनाई प्रहरी निकायलाई स्वतन्त्रता पूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ । तथापि त्यस्तो निर्देशन दिने क्रममा गृहमन्त्रीबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वान गर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक,।
कपोलकल्पित र झुठा हो। सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ।’ जारी विज्ञप्तिमा भनिएको छ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution