काठमाण्डौ, २३ बैशाख ।
नेपाली समाजमा चरम निराशा छाएको छ । मंसिर २०७९ मा सम्पन्न आमनिर्वाचनले देशलाई निकास दिन सकेन । सरकार बनाउने जोडघटाउले झन राजनीतिक अस्थिरता बढाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । जनमत गुमाएका पुराना ठूला दलहरूको लागि यो सुखद विषय थिएन ।
उनीहरूको राजनीतिक भविष्यको लागि खतराको घण्टी थियो । यता अप्रत्याशित सफलता हात लागेपछि कसरी अगाडि बढनेमा रास्वपा अलमलमा पर्यो । अन्ततः नाली सफा गर्न नालीमा पस्ने तर्कसहित सरकारमा गएको रास्वपा नाटकीय रूपमा बाहिरियो ।
राजनीति फोहोरी मात्र होइन, क्रूर खेल पनि हो । कसैले कसैलाई दयामाया गरेर सत्तामा भागिदारी दिंदैन । सत्तामा झिनाझपटी भगवान रामको पालादेखि नै हो । अर्थात्, प्राचीनकालमा राज्यसत्ताको उत्पत्तिदेखि नै क्रूर खेल जारी छ । वैशाख १० को उपनिर्वाचनमा विजय पश्चात रास्वपाको हैसियत बढेको छ ।
रास्वपाले आगामी दिनमा नेपाली राजनीतिमा पकड जमाउने प्रष्ट संकेत देखिएको छ । प्रधानमन्त्रीबाट आकर्षक मन्त्रालयहरू सहित सरकारमा सहभागिताको अफर आइसकेको छ । यसले गर्दा रास्वपा फेरि त्यही अलमलमा परेको थियो, तर अन्तिममा रास्वपाले सरकारमा नजाने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution