


काठमाडौं, ४ माघ । संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच सहमति भएको छ । संयुक्त जेनजी आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र नेकपा (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका हुन् ।
सहमतिको पहिलो बुँदामा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनको लागि संघर्ष गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, जेनजी विद्रोहका मागहरु पूरा गर्न संघर्ष गर्ने कुरा दोस्रो बुँदामा उल्लेख गरिएको छ ।
आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनःसंरचनाका लागि संघर्ष कुरा पनि सहमतिमा समावेश गरिएको छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution