• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौं जना एकैपटक फागुन २७ लुम्बिनी आउने भए

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २४ माघ । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौं जना एकैपटक लुम्बिनी आउने भएका छन्। बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्दै छ।

    सोहि शिखर सम्मेलनमा सहभागिता जनाउन नौं जना नोबेल शान्ति पुरस्कार विजेता सहित लुम्बिनी आउन लागेका हुन्। सन् १८९५ मा स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो राशीको पुरस्कार मानिन्छ।

    साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ। यति ठूलो महत्वको पुरस्कारका विजेता नौं जनालाई एकैपटक विश्वशान्ति स्थल लुम्बिनीमा ल्याएर शिखर सम्मेलनमार्फत बालहिंसा, बालश्रम, बालविवाह, बालबालिकाको बेचबिखनको अन्त्यका लागि प्रतिवद्धता व्यक्त गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन्।

    शिखर सम्मेलनमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी सहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागि हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता निराजन घिमिरेका अनुसार शिखर सम्मेलनमा सहभागि हुने रिचार्ड रोबट्र्स चिकित्सा विज्ञान र एरी वार्सल रसायन शास्त्रको क्षेत्रका नाबेल पुरस्कार विजेता हुन् भने अन्य सातैजना नोबेल शान्ति पुरस्कार विजेता हुन्।

    शिखर सम्मेलनमा नौं जना नोबेल शान्ति पुरस्कार विजेता सँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत २० जना बढि विदेशी विशिष्ट व्यक्ति र सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरि नेपालका २ सय भन्दा बढि विशिष्ट व्यक्तिहरुको सहभागिता रहने घिमिरेले जानकारी दिए। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, बालबालिका र शान्तिसँग जोडिएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि कार्यक्रममा सहभागि हुने छन्।

    सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने घिमिरेले जानकारी दिए। शिखर सम्मेलनको मुख्य ‘थिम’ नै बालबालिका र शान्ति रहेकोले सोहि क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मेलनमा सहभागि हुने छन्।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलेदेखि नै मुख्य चासो दिएकोले प्रदेश सरकारबाटै बजेट स्वीकृत गरेर शिखर सम्मेलन गर्न लागिएको हो। विश्वकै पर्यटकिय स्थलको रुपमा रहेको लुम्बिनी र वरपरका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरि विश्वभर चिनाउने र विकासको लागि साझेदारहरुको ध्यान आकर्षित गर्न लुम्बिनीलाई कार्यक्रम स्थल तोकिएको प्रवक्ता घिमिरेले बताए। प्रदेश सरकारले शिखर सम्मेलनका लागि बजेटमै ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।

    नौं जना नाबेल शान्ति पुरस्कार विजेता र यति धेरै विकास साझेदारहरुलाई एकै ठाउँमा सहभागिता गराएर गर्न लागिएको शिखर सम्मेलन लुम्बिनी प्रदेशमा मात्र नभई नेपालमै पहिलो (मेघा ईभेन्ट) भएको मुख्यमन्त्री चौधरीले दावी गरे। ‘यो नेपालकै मेघा ईभेन्ट हो एकै पटक यति धेरै विशिष्ट व्यक्तिहरुको सहभागितामा गर्न लागिएको शिखर सम्मेलन नेपालकै पहिलो हो, कार्यक्रममा विशिष्ट व्यक्तिहरुको सहभागिता रहने कुराले हामिहरु अत्यन्त उत्साहित भएका छौं यो कार्यक्रमले लुम्बिनीको विकासको लागि पनि महत्वपूणर् भूमिका खेल्ने छ,’ मुख्यमन्त्री चौधरीले भने।

    मुख्यमन्त्री चौधरीले बुद्धजन्म स्थल लुम्बिनीबाट बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिनुको साथै लुम्बिनीको महत्वलाई विश्वभर फैलाएर यहाँको विकासमा साझेदार भित्राउने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

    मुख्यमन्त्री चौधरीले विश्वले नै मानेको लुम्बिनी जस्तो ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल अन्यत्र कहिँकतै नभएकोले शिखर सम्मेलनमार्फत लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरु लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताए। ‘लुम्बिनी जस्तो ठाउँ विश्वमा अन्यत्र कतै छैन यस्तो ठाउँबाट शान्तिको सन्देश दिनुको साथै विकसित र विकासोन्मुख राष्ट्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिले लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकिय गन्तव्यको रुपमा ब्राण्डिङ गर्न यो सम्मेलनले सघाउने छ,’ मुख्यमन्त्री चौधरीले भने।

    फागुन २७ गतेदेखि २९ गतेसम्म हुने शिखर सम्मेलनका लागि परराष्ट्र मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य मन्त्रालयहरु, योजना आयोग, लुम्बिनी प्रदेश भित्रका बालबालिका र शान्तिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरुको संयोजनमा तयारीका कामहरु भईरहेको प्रवक्ता घिमिरेले बताए।

    संघमा पराराष्ट्रमन्त्री एनपि साउदको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ भने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। त्यसैगरि लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालको संयोजकत्वमा सहजीकरण समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डेडिकेटेड सचिवालय गठन गरि विभिन्न तयारीका कामहरु अगाडी बढिरहेको घिमिरेले जानकारी दिए।

    नेपालकै मेघा कार्यक्रमको रुपमा लिईएको शिखर सम्मेलनको संयोजन लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले गरिरहेका छन्। तिनदिन सम्म चल्ने सम्मेलनमा सहभागि हुने विदेशी तथा स्वदेशी सबै पाहुनाहरुको आवतजावत, आवास तथा खानपान, सुरक्षा व्यवस्थापन लगायतको काम तिव्र भईरहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए।

    फागुन २७ गतेको उद्घाटन र २९ गतेको समापन समारोह लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभाहलमा हुने छन् भने अन्य विभिन्न समुहगत छलफलहरु आवासको लागि छनोट हुने होटलहरुमै संचालन हुने छन्।

    बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीहरु आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको सिकार भइरहेका विश्वभरका बालबालिकाको संरक्षणका लागि छलफल हुने छन्। छलफल पछि बालशोषण अन्त्यका लागि सबैको प्रतिवद्धतासहितको घोषणापत्र जारी गर्ने छ। समाचार samayachakra.com बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution