सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी मे १९ मा युएइस्थित बरदुबईको एसके७ क्लबमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, आधुनिक गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन्। आफ्नो ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution