


२१ जुलाई २०२५ | श्रावण कृष्णपक्ष एकादशी | चन्द्रराशिः वृष | नक्षत्रः रोहिणी
फलित ज्योतिषाचार्य: उपप्रा. लक्ष्मीप्रसाद बराल
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ तर आत्मविश्वासको कमीले केही डर लाग्न सक्छ। शुभचिन्तकको साथले फाइदा मिल्नेछ। खर्च लागे पनि आवश्यक वस्तु किन्ने अवसर जुट्नेछ। वादविवादबाट टाढा रहनु हितकर हुनेछ।
आँटेको काम सजिलै पूरा हुनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। नयाँ अवसर र कामको प्रस्ताव प्राप्त हुनेछ। व्यक्तित्वमा आकर्षण बढ्नेछ।
कामको परिणाम ढिलो मिल्न सक्छ। फजुल खर्च हुने सम्भावना छ, सजग रहनुहोस्। थैली नहेरी खर्च गर्दा समस्या पर्न सक्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च बढ्नेछ।
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। व्यापार, कृषि, पशुपालनमा फाइदा हुनेछ। दीर्घकालीन लाभदायक काममा लगानी गर्न सकिने दिन।
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। राम्रो कर्मले लोकप्रियता बढ्नेछ। साथीहरूको साथले आत्मबल बढ्नेछ। नयाँ योजनाका लागि आधार तयार पार्ने समय।
परिस्थितिवश लाभ नहुने काममा समय खर्चिनुपर्ला। मिहिनेत गर्दा पनि तत्काल परिणाम नआउन सक्छ। धर्मकर्म र परोपकारमा संलग्न भइने समय। भविष्यका लागि प्रयास सार्थक बन्नेछ।
सानातिना समस्याले अल्झन ल्याए पनि बुद्धिको प्रयोगले समाधान पाइनेछ। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्ला। खर्च नियन्त्रणमा राख्नु लाभदायक हुनेछ।
मनोरञ्जनमा समय बित्न सक्छ तर मुख्य काममा ढिलाइ हुनेछ। चुनौतीहरू स्वीकार्दै अघि बढ्नु पर्ने समय। अनावश्यक किनमेलले खर्च बढ्न सक्छ। आर्थिक लेनदेनमा सतर्क रहनुहोस्।
सफलताले उत्साह बढाउनेछ। प्रयत्नले अवसरहरू प्राप्त हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। रोग र शत्रुबाट मुक्ति पाइनेछ। पुराना कामबाट प्रशस्त लाभ हुने दिन।
छिटो नतिजाको आशाले समस्या निम्तिन सक्छ। आफ्नै श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्न सक्छन्। अध्ययन र योजनामा व्यवधान आउन सक्छ। स्वास्थ्यमा सजग रहनु आवश्यक।
काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। सहकार्यमा असमझदारी बढ्न सक्छ। खर्च बढ्नेछ, सञ्चित धन खनिन सक्छ। सम्बन्ध गाँस्दा सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ।
सहयोगीहरूको साथले काम सम्पन्न हुनेछन्। व्यापार र उद्योगमा लाभ हुनेछ। कृषिमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्त हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सकिनेछ।
© सीबी नेपाल
अनुमति बिना सामग्रीको नक्कल वा प्रयोग गर्न पाइने छैन।
सम्पर्क:
हामी: फेसबुक, युट्युब, ट्विटर, टिकटक र इन्स्टाग्राममा पनि उपलब्ध छौं।
हरेक दिनको शुरुवात सकारात्मक सोच र सहि जानकारीबाट गरौं – तपाईंको साथमा, सधैं ‘साहस खबर’








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution