४५८ खेलाडीले नाम दर्ता
नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने, ४५८ खेलाडीले नाम दर्ता
Chiranjivi Bhandari
आठ franchise टोलीले छनोट गर्नेछन् आफ्नो स्टार खेलाडी काठमाडौं । नेपालको सर्वाधिक प्रतिक्षित घरेलु क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणलाई लक्षित गर्दै खेलाडी अक्सन आगामी साउन २४ गते (August 8) हुने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (CAN) ले यो जानकारी सार्वजनिक गरेको हो। क्यानद्वारा जुलाई १२ देखि २२ सम्म सञ्चालन गरिएको खेलाडी दर्ता प्रक्रियामा देशभरका विभिन्न तहमा खेलिरहेका ४५८ खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका छन्। दर्ता प्रक्रियामा राष्ट्रिय टोलीका खेलाडीदेखि उदाउँदा युवा प्रतिभासम्मको उत्साहजनक सहभागिता देखिएको छ। ८ टोलीको नजर प्रतिभाशाली खेलाडीतर्फ NPL दोस्रो संस्करणमा ८






